गृहपृष्ठ ∕ समाचार ∕ बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०-१० लाख दिन सिफारिस बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०-१० लाख दिन सिफारिस दीप संञ्चार पुस १४, २०८० गते १४:१० मा प्रकाशित काठमाडौँ– सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने सिफारिस गरेको छ ।आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको बैठकका उपस्थित एक अधिकारीले बताए ।शुक्रबार भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने समेत तयारी गरेको छ ।यसका लागि शनिबार दिउँसो साढे २ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । बैठकमा दोषीहरूमाथि निलम्बनको कारवाहीले औपचारिकता पाउने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्णय गरिने स्रोतले बताएको छ ।कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट