Techie IT
×
गृहपृष्ठ ∕ समाचार ∕ सन्दीप लामिछानेको मुद्दा आज टुङ्ग्याउने तयारी

सन्दीप लामिछानेको मुद्दा आज टुङ्ग्याउने तयारी


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस हिजो  पनि टुङ्गिएन । हिजो  बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता चन्द्र पन्थीले जानकारी दिए।

बिहीबार जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस आजलाई सारेका हुन्।

आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्। न्यायाधीश ढकालले आजनै फैसला सुनाउन सक्ने सम्भावना छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस