Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनव निर्वाचित एनआरएनए समुह र सभापति श्रेष्ठ बीच विशेष भेट वार्ता

नव निर्वाचित एनआरएनए समुह र सभापति श्रेष्ठ बीच विशेष भेट वार्ता


काठमाडौं, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

हिजो शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो । भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो ।

सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधिन रहेको स्मरण गराउनुभयो ।

विधेयकमा नागरिकता सम्बन्धि अन्य केही विवादहरु भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको उहाँको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा उहाँले विश्वास दिलाउनुभयो । विद्येयक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो ।

भेटका क्रममा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री के. सी., मन के. सी. तथा सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पुर्व सचिव डीबी. क्षेत्री लगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस