गृहपृष्ठ ∕ समाचार ∕ नव निर्वाचित एनआरएनए समुह र सभापति श्रेष्ठ बीच विशेष भेट वार्ता नव निर्वाचित एनआरएनए समुह र सभापति श्रेष्ठ बीच विशेष भेट वार्ता दीप संञ्चार कात्तिक १०, २०७६ गते २:१८ मा प्रकाशित काठमाडौं, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ ।हिजो शुक्रबार सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो । भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो ।सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधिन रहेको स्मरण गराउनुभयो ।विधेयकमा नागरिकता सम्बन्धि अन्य केही विवादहरु भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको उहाँको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा उहाँले विश्वास दिलाउनुभयो । विद्येयक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो ।भेटका क्रममा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री के. सी., मन के. सी. तथा सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र पुर्व सचिव डीबी. क्षेत्री लगायतको उपस्थिति थियो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट