Techie IT
×
गृहपृष्ठसमाचारप्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती

प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती


काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनम० स्वीकृत गर्दै दरबन्दी घटाउने निर्णय गरेको हो।

यो निर्णयसँगै कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाइन लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस