चिसोका कारण जाजरकोटमा सुत्केरीको मृत्यु
जाजरकोट । जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो।
कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओत्मा सार्न सकेको थिएन । चिसो र त्यहीकारण भएको संक्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देविका शाहले बताइन् । ‘चिसोले उनको शरीर सुन्निएको थियो । उनी बिरामी थिइन् । परिवारले समयमा उपचार पनि गर्न सकेन,’ उनले भनिन् ।
स्थानीयका अनुसार घरबास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो । गरिब दलित परिवारका उनीहरूलाई साँझ विहानको छाक टार्नै धौ-धौ पर्ने अवस्था छ, त्यहीकारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न सकेको थिएन ।
भूकम्पपछि चिसोका कारण जाजरकोटमा मात्रै तीन बालबालिकासहित २९ जनाको मृत्यु भइसकेको छ भने रुकुमपश्चिममा अन्य ५ जनाको ज्यान गएको छ ।
यता जिल्ला प्रहरी कार्यालयले भने त्यसबारे जानकारी नआएको जनाएको छ । ‘भूकम्पले मान्छेहरू त्रिपालमा बस्नुपर्ने अवस्था छ । चिसो पनि छ, तर त्यस्तो मृत्यु भएको कुरा हामीलाई खबर आएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बीसीले भने, ‘हामी कहाँ जाहेर भयो भने पोष्टमार्टम गर्नुपर्ने हुन्छ । मुद्धा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण पनि मान्छेहरूलाई प्रहरीलाई खबर गर्दैनन्, त्यस्तो भएका हुन पनि सक्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस