Techie IT
×
गृहपृष्ठग्लोबलगल्फगाउँ बेशी नेपाली रेष्टुरेन्ट अल्खोरमा

गाउँ बेशी नेपाली रेष्टुरेन्ट अल्खोरमा


दोहा – कतारमा नेपाली व्यवसाय गर्ने हरुको संख्या बढ्दो क्रममा छ, यसै क्रममा कतारको उत्तरि शुन्दर शहर अलखोरमा पनि नेपाली रेष्टुरेन्ट ” गाउँ बेशी ” खुलेको छ।


दोहा सिटि देखी लगभग ५०  किलोमीटर टाढा, अल्खोर लुलु मार्केटको अगाडि कवायन हाइफर मार्केट नजिकै गाउँ बेशी ” रेष्टुरेन्ट खुलेको हो ।

नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको हातबाट रिवन काटेर सुभारम्भ गरिएको हो ।

उट्घाटन कार्यक्रममा सामाजिक व्याक्तित्व हरु देवकाजी डंगोल ,सागर नेपाल, चानख पोख्रेल,क्रान्ति सिंह, बिमल सुवेदी,होमनाथ शर्मा, एनसिसि कतारका पुर्व अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत नेपाली जनसम्पर्क समिती कतार उप – सभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतार अध्यक्ष प्रभात त्रिपाठि,नेपाली जनप्रगतिशील मञ्च कतार अध्यक्ष बुद्धि प्रसाद भन्डारी, कतार नेपाली एकता समाज उपाध्यक्ष कमल आचार्य ,अन्तरास्ट्रिय नेपाली समाज कतार अध्यक्ष राजाराम शाहि, एनआरएनए आइसिसि सदस्य दिपजङ्ग साह, नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी पौडेल , विभिन्न संघ सस्थाका प्रमुख  लगायत करिवन ५०० नेपाली र केही कतारि नागरिकको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारिको सिलसिलामा कतारमा कार्यरत उर्जावान रेष्टुरेन्ट संचालक युवाहरुले आफुले “रोजगारी बाट ” कमाएको आयस्रोत बाट रोजगार दिने र नेपालीहरुको चाहानालाई मध्यनजर गर्दै नेपाली परिकारको स्वाद प्रदान गर्ने उदेस्यका साथ  ब्यावसायी लगानी सुरु गरेको बताएका छ्न  “कतारमा खुलेका नेपाली रेस्टुरेन्ट ” हरु मध्येकै धेरै लगानीमा अत्यन्तै आकर्षक ” गाउँ बेशी ” रेष्टुरेन्ट खुलेको उपस्थित सम्पूर्णको भनाई थियो ।
एकपटकमा ७०  / ८० जनालाई सेवा दिने क्षमताको रेस्टुरेन्टमा १४  जनालाई रोजगारी मिलेको जनाएको छ।

अल्खोर र  रस्लाफानमा लगभग ५० हजार भन्दा धेरै नेपाली र अन्य मुलुकका ६० हजार भन्दा धेरै नागरिकहरुको बसोबास रहेको छ, सोही नेपाली र अन्य मुलुकका नागरिकलाई  लाई लक्षित गर्दै उक्त रेष्टुरेन्ट खुलेको बताइएको छ ।

सञ्चालक हरुले आफूले व्यवसायलाई गर्ने मात्र नभई नेपाली तथा एसियन मूलका नागरिकहरूलाई उत्कृष्ट नेपाली स्वादमा खाना खुवाउने लक्ष्य लिएको बताएका छ्न  । अल्खोर लुलु मार्केटको अगाडि कवायन  हाइफर मार्केट नजिकै  रहेको उक्त रेष्टुरेन्टमा पारिवारिक माहोलमा दोहाकै सस्तो सुपथ मुल्यमा, सबै प्रकारका नेपाली खानाको स्वाद लिन सकिने छ साथै फ्रि होम डेलिभरीको व्यवस्थासमेत गरिने जानकारी गराइएको छ।


क्याटेगोरी : समाचार, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस