Techie IT
×
गृहपृष्ठग्लोबलगैरआवासीय नेपाली तारा सिजन ४’को तेस्रो अडिसनमा २९ जना प्रतिस्पधीबीच प्रतिस्पर्धा हुने

गैरआवासीय नेपाली तारा सिजन ४’को तेस्रो अडिसनमा २९ जना प्रतिस्पधीबीच प्रतिस्पर्धा हुने


दोहा- गैरआवासीय नेपाली तारा सिजन ४’मा २९ जना प्रतिस्पधी तेस्रो चरणमा प्रवेस गरेका छन।

गैरआवासीय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’को आज भएको दोस्रो अडिसनबाट गायन बाट १९ र नृत्य विधाबाट १० गरि २९ जना प्रतिस्पधी तेस्रो चरणमा प्रवेस गरेका हुन।

नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ“भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ,प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणमा गायन विधाबाट २७ जना र नृत्य विधाबाट १४ जना पुगे पनी गायन विधामा २६ जना र नृत्य विद्यामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।

शुक्रवार न्यू सलातामा रहेको कतार च्यारीटीको हल र नज्मामा रहेको अफ्घान रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा गायन विधाबाट सुजन गुरुङ, बुद्ध सिंह लिम्बु,भीम बहादुर कार्की, जोन विक, असोक गुरुङ्, रुष्तम तामाङ्, मानसिहं परियार, ईसान रेग्मी, सुरज केसी, मालति लामा, बनिता राई,दीपक कुमार घले,गौतम सामी लिम्बु, प्रविन रामदाम, क्षितिज तामाङ,उत्तम राई,सरला तामाङ र रश्मी विश्वकर्मा तेस्रो चरणमा प्रवेशमा गरेका छन् ।

त्यस्तै नृत्य विधा तर्फ जुनुमाया कुमाल, झरना राई, दिया सिंह, जीवन खालिंग राई, अमित राई, रिता श्रेष्ठ, सौजार चाहार, निरु श्रेष्ठ, सरोज लामा सुनिता शेर्पा, अर्को चरणमा प्रवेश गरेका छन् ।

प्रतिस्पर्धाको गायन विधा तर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक निर्णायकका रूपमा रहेका थिए भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए ।

क्रान्ति सिंह,कमलमणि गुरागॉई र बुधबल गुरुङ पर्यवेक्षकका रूपमा रहेका थिए ।

बार्बी खड्का,आरुषि रिजाल र आरजु राईको स्वागत नृत्य मार्फत सुरु भएको कार्यक्रम एनसिसि कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा एनआरएनए आइसिसीका उपाध्यक्ष राज रेग्मीको अतिथी निर्णायक साथै तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको  थियो ।

एनसिसि कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन) ले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे।

प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।

प्रतियोगिताको तेस्रो चरण १२ जनवरि २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालीका रहेको छ ।

दिप सञ्चार मिडीया आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस