गृहपृष्ठ ∕ समाचार ∕ बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश दीप संञ्चार पुस ६, २०८० गते १९:१३ मा प्रकाशित काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा।दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले डा। बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत कात्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते स्पष्टीकरण सोधेको थियो ।त्यसपछि मन्त्री बस्नेतले उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो ।मन्त्रिपरिषदको निर्णयविरुद्ध डा। बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ