Techie IT
×
गृहपृष्ठसमाचारएनसेल खरिद-बिक्रीमा जालझेल र गडबड छ : प्रधानमन्त्री प्रचण्ड

एनसेल खरिद-बिक्रीमा जालझेल र गडबड छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद-बिक्री गर्दा सरकारलाई कुनै जानकारी नदिएको बताएका छन्।

 

मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताए ।

 

“एनसेलमा अघिल्लो पटक कर तिर्नुपर्छ भनेर लेखा समितिमा म आफैँ लडेको थिए । यसले ६५ अर्ब जोगाएको हो । अहिले जालझेल भएकै छ, गडबड छ । कर छल्ने, स्वामित्व हस्तान्तरण नगर्ने नियत छ” उनले भने ।

 

दाहालले एनसेल प्रकरणमा वैदेशिक लगानीले पार्ने प्रभावबारे पनि अध्ययन गर्न टंकमणि शर्माको नेतृत्वमा समिति बनाइएको बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस