Techie IT
×
गृहपृष्ठसमाचारसालनालसहितको शिशुसहित एक जना पक्राउ

सालनालसहितको शिशुसहित एक जना पक्राउ


काठमाडौँ।  भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडीलाई सालनालसहितको मृत शिशुसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

मलंगवा नगरपालिका-८ स्थित झिल्मिलिया मन्दिर नजिकै जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले जाँच गर्ने क्रममा सुडीले बोकेको प्लाष्टिकको पोकाभित्र सालनाल सहितको शिशु फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस