Techie IT
×
गृहपृष्ठअपराध१४ किलो सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

१४ किलो सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ


काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।

२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले दुई १४ किलो सुनसहित पक्राउ परेका थिए ।

विमानबाट झर्ने पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको बताएका थिएका थिए ।

सरकारले उक्त सुन प्रकरणको खनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधवार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : अपराध, समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस