Techie IT
×
गृहपृष्ठअपराधविमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने धातु १ सय ७० ग्रामसहित भारतीय नगरिक ५० वर्षीय जितेन्द्र मुलचन्द वावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

एयर अरेवियाको उडानद्वारा सारजाहबाट काठमाडौं आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ ।

 

उनलाई आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।


क्याटेगोरी : अपराध, समाचार
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस