गृहपृष्ठ ∕ समाचार ∕ परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र दीप संञ्चार मंसीर २२, २०८० गते १७:५० मा प्रकाशित काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो ।“युद्धरत पक्षको नियन्त्रणमा रहेका नेपालीको यथाशीघ्र रिहाइ र उद्धार सम्बन्धमा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हौँ”, सचेतक निशा डाँगीले भनिन् । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।“स्वस्फुर्त रुसी सेनामा भर्ना भएर हाल कार्यरत नेपालीको यथार्थ विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन, घाइतेको समुचित उपचारको प्रबन्ध मिलाउन र बन्धक बनाइएकाको सकुशल रिहाइका लागि यथाशीघ्र कूटनीतिक पहलमा जोड दिन आग्रह गर्दछौँ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ, “हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासले ५८ जना विदेशीलाई मुक्त गरिसकेको सन्दर्भमा, विपिन अझैसम्म बन्धक नै रहनुमा सरकारले रिहाइका लागि गरेको पहल पर्याप्त भएन कि भन्ने रास्वपाको बुझाइ छ ।”क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप