गृहपृष्ठ ∕ समाचार ∕ घुस रकमसहित दुई पक्राउ घुस रकमसहित दुई पक्राउ दीप संञ्चार कात्तिक ९, २०७६ गते १२:१५ मा प्रकाशित बुटवल, सेवाग्राहीसंग घुस लिदै गरेको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवलका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा करार सेवामा कार्यरत सबइन्जिनियर सन्दिप पौडेल र जेसीभी चालक बिक्रम बस्नेत रहेका छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारले निगरानी सुरु गरेको थियो ।सोही क्रममा शुक्रबार पौडेल र बस्नेत बुटवल उपमहानगरपालिका वडा नं २ उजिरसिंह टोलबाट घुससहित पक्राउ परेका हुन् । जेसीभी चालक बस्नेत रकम लिन मतियारको रुपमा प्रयोग भएको अख्तियारले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल