गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ दीप संञ्चार मंसीर १५, २०८० गते ३:२७ मा प्रकाशित दोहा – आज बाट कतारमा एमबिएल रेमिट शुरु भएको छ । कतारमा रहेका नेपालीहरु माझ आज बाट शुरु भएको रेमिटले एक कार्यक्रम गरि आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय संयोजक सुजन सापकोटाले सेवा शुभारम्भको घोषणा गरेका हुन् ।अलफरदान एक्स्चेन्जसंगको आपसी सम्झौतामा रेमिटले आफ्नो सेवा शुभारम्भ गरेको सापकोटाले जानकारी गराएका हुन । बिगत २३ बर्ष देखि पश्चिमाञ्चल को क बर्गको माछापुच्छ्रे बैंकले मध्यपुर्वका ४ वटा देशमा आफ्नो रेमिट बिस्तार गरेको हो ।सबै नेपालीले छिटो र सरल तरिकाले आफ्नो घरमा आफ्नै नेपाली बैंक मार्फत पैसा पठाउने माध्यमका रुपमा एमबिएल रेमिटलाई कतारमा ल्याइएको हो । माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत निरन्तर पैसा पठाउने श्रमिकलाई नेपालमा १० लाख सम्मको व्यवसायीक कर्जा सहुलियत दिईने पनि सापकोटाले जानकारी दिए ।निरन्तर ५ महिना सम्म एमबिएल रेमिट मार्फत नेपाल पैसा पठाउने श्रमिकले २ लाख सम्मको क्रेडिड कार्ड पाउन सक्नेछन । उक्त क्रेडिड कार्ड नेपालमा रहेको परिवारले प्रयोग गर्न पाउनेछन ।माछापुच्छ्रे बैंकमा खाता खोलेका र विदेशमा रहेका व्यवसायीहरूलाई १५ हजार अमेरिकी डलर बराबरको डलर कार्ड सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।संयोजक सापकोटाले कतारमा रहेका श्रमिकहरु विच बैंकिङ ज्ञान संगै रेमिट को एप्लिकेसन प्रयोग लगायतका विषयमा क्याम्पियन गरिने पनि बताए । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ, नेपाल व्यवसायी संघ , बैचारिक संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुले रेमिट शुभारम्भको अवसरमा शुभकामना दिएका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजानेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने