गृहपृष्ठ ∕ समाचार ∕ वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध दीप संञ्चार मंसीर १३, २०८० गते १५:४४ मा प्रकाशित मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग स्थानीयले बन्द गरेका छन् । तीन वर्षमा काम सम्पन्न गर्ने गरी कान्छाराम कन्ट्रक्सनले कामको जिम्मा लिए पनि बाटो अझै अलपत्र भएपछि वडाध्यक्षकै अनुगावाइमा बाटो बन्द गरिएको हो ।विसं २०७६ कात्तिकमा काम सक्ने सम्झौता गरेको कान्छाराम कन्ट्रक्सनले २०८० कात्तिकमा म्याद थप गरे पनि अझै काम सुरु गरेको छैन । उसले रु एक अर्ब ५५ करोड ७३ लाखमा ठेक्का लिएको थियो । कम्पनी काम छोडेर बेपत्ता भएपछि पथरी शनिश्चरेको तीन स्थानमा स्थानीयबासीले ढाट लगाएर बन्द गरेका छन् ।पथरी शनिश्चरे वडा नं ४, ८ र ९ ले कात्तिक २१ गते तत्काल काम सुरु नगरे बाटो बन्द गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । वडाध्यक्षहरू लोककिरण न्यौपाने, नवीन कार्की र वीरबहादुर राईले कन्ट्रक्सनले काममा ढिलासुस्ती गरेको भन्दै दबाब दिँदै आएका छन् । आज मनमोहन गान्धी मार्गमा स्थानीयबासीले ढाट लागाएर बाटोमा अवरोध गरेका छन् ।पथरी शनिश्चरे नगरपालिका, सुनवर्शी नगरपालिका, रङ्गेली नगरपालिका हुँदै भारतको सीमा छुने ३० किलोमिटरको बाटो लामो समयदेखि अलपत्र हुँदै आएको छ । छँदाछँदैको कालोपत्र उकाएर अलपत्र पारिएको बाटाका कारण स्थानीयबासीले लामो समयदेखि हिलो, घुलो र खाल्डाखुल्डीको समस्या भोग्दै आएका छन् ।निर्माण सुरु नभएसम्म बाटो अवरुद्ध गर्ने भन्दै स्थानीयबासीले बाटैमा धर्ना दिएका छन् । बन्द कर्ता र प्रहरीबीच छलफल भए पनि स्थानीय सरकारले बाटो खोल्न चासो दिएको छैन ।यता बाटो निर्माणका क्रममा ड्रेन निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले रकम पाएका छैनन् । कान्छाराम कन्ट्रक्सनले भने हालसम्म करिब रु २७ करोड रकम लगिसकेको हुलाकी राजमार्ग निर्देशनालय इटहरीले बताएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप