गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ छिटुवा बेच्न सल्यानबाट देउखुरी छिटुवा बेच्न सल्यानबाट देउखुरी दीप संञ्चार कात्तिक ९, २०७६ गते १०:५५ मा प्रकाशित दाङ्ग, सल्यान कपुरकोट गाउपलिका २ गर्पाका मनराज राना र उनकी श्रीमती दिलसरी राना आफुले बुनेका छिटुवा बेच्न यति बेला देउखुरीको लमही आई पुगेका छन् । छिटुवा बेचेर बार्षिक डेढ लाख सम्म कमाउने गर्दछन । पुरानो परम्परा झल्किने यो छिटुवा अहिले प्लास्टिक बाट निर्मित भएका सामाग्री प्रयोग हुन थाले पछी कम मात्रा मै प्रयोगमा आएको देखिन्छ ।यो छिटुवा गाउघरमा मकै, धान, गहु, तोरी जस्ता अन्नबाली राख्नका लागि प्रयोग हुदै आएको छ भने तिहारको समयमा माइती जाने र आउने छोरी चेलीले कोसेली पाहुर बोक्न पनि प्रयोग गर्ने गर्दछन । रानाले आफै बुन्ने गर्दछन र गाउमा अन्य छिमेकीले बुनेको छिटुवा पनि खरिद गरेर जिल्ला बाहिर लगेर बेच्ने गर्दछन । घरमै गएर किन्नेलाई २ सयमा बेच्ने गरेका छन रानाले । छिटुवा निर्माणका लागि झन्डै १५ घार खर्स्या र चिल्या जातको बाँस रोपेका छन । निकै मेहनत गर्नु पर्छ, हात काट्ने, चोट पटक लाग्ने डर हुन्छ तर पनि पुर्खै देखि बाबुबाजेले गर्दै आएको पेशा भएकोले छोड्न मन लाग्दैन रानाले भने । रानाले बुनेका छिटुवा बांके, बर्दिया र धनगढी सम्म पुग्ने गरेका छन् । छिटुवा बुन्ने बाहेक उनले सल्यानको गर्पा बजारमा किराना पसल समेत गरेका छन । रानाको दस जनाको परिवार यहि पेसाबाट मज्जाले पालेको बताए ।गएको बर्षमा मात्र ३ हजार छिटुवा लमहीमा खपत भएको थियो । यस्तै अन्य जिल्लामा पनि सैयौ छिटुवाको माग भैरहेको हुने तर माग अनुशारको दिन नसकेको उनले बताए । पहाडी जिल्ला भन्दा तराई तिर छिटुवाको माग बढी हुने गरेको उनको भनाई छ । उनीहरुले सामान ढुवानीका लागि एक वटा पिकअप भ्यान समेत भाडामा लिएका छन् । उनीहरुको घरमा सानो किराना पसल पनि छ त्यो छोरीले हेर्ने गर्छिन । जता–जताबाट छिटुवाको माग आउछ म पनि बुढा संगसंगै जान्छु र यसैबाट आएको पैसाले छोराछोरीलाई लेखाउने पढाउने, औषधी उपचार र घरखर्च समेत चलेको दिलसरीले बताईन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप