गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ छिटुवा बेच्न सल्यानबाट देउखुरी छिटुवा बेच्न सल्यानबाट देउखुरी दीप संञ्चार कात्तिक ९, २०७६ गते १०:५५ मा प्रकाशित दाङ्ग, सल्यान कपुरकोट गाउपलिका २ गर्पाका मनराज राना र उनकी श्रीमती दिलसरी राना आफुले बुनेका छिटुवा बेच्न यति बेला देउखुरीको लमही आई पुगेका छन् । छिटुवा बेचेर बार्षिक डेढ लाख सम्म कमाउने गर्दछन । पुरानो परम्परा झल्किने यो छिटुवा अहिले प्लास्टिक बाट निर्मित भएका सामाग्री प्रयोग हुन थाले पछी कम मात्रा मै प्रयोगमा आएको देखिन्छ ।यो छिटुवा गाउघरमा मकै, धान, गहु, तोरी जस्ता अन्नबाली राख्नका लागि प्रयोग हुदै आएको छ भने तिहारको समयमा माइती जाने र आउने छोरी चेलीले कोसेली पाहुर बोक्न पनि प्रयोग गर्ने गर्दछन । रानाले आफै बुन्ने गर्दछन र गाउमा अन्य छिमेकीले बुनेको छिटुवा पनि खरिद गरेर जिल्ला बाहिर लगेर बेच्ने गर्दछन । घरमै गएर किन्नेलाई २ सयमा बेच्ने गरेका छन रानाले । छिटुवा निर्माणका लागि झन्डै १५ घार खर्स्या र चिल्या जातको बाँस रोपेका छन । निकै मेहनत गर्नु पर्छ, हात काट्ने, चोट पटक लाग्ने डर हुन्छ तर पनि पुर्खै देखि बाबुबाजेले गर्दै आएको पेशा भएकोले छोड्न मन लाग्दैन रानाले भने । रानाले बुनेका छिटुवा बांके, बर्दिया र धनगढी सम्म पुग्ने गरेका छन् । छिटुवा बुन्ने बाहेक उनले सल्यानको गर्पा बजारमा किराना पसल समेत गरेका छन । रानाको दस जनाको परिवार यहि पेसाबाट मज्जाले पालेको बताए ।गएको बर्षमा मात्र ३ हजार छिटुवा लमहीमा खपत भएको थियो । यस्तै अन्य जिल्लामा पनि सैयौ छिटुवाको माग भैरहेको हुने तर माग अनुशारको दिन नसकेको उनले बताए । पहाडी जिल्ला भन्दा तराई तिर छिटुवाको माग बढी हुने गरेको उनको भनाई छ । उनीहरुले सामान ढुवानीका लागि एक वटा पिकअप भ्यान समेत भाडामा लिएका छन् । उनीहरुको घरमा सानो किराना पसल पनि छ त्यो छोरीले हेर्ने गर्छिन । जता–जताबाट छिटुवाको माग आउछ म पनि बुढा संगसंगै जान्छु र यसैबाट आएको पैसाले छोराछोरीलाई लेखाउने पढाउने, औषधी उपचार र घरखर्च समेत चलेको दिलसरीले बताईन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट