Techie IT
×
गृहपृष्ठसमाचारउदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न


उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठपर्व समापन गरिएको छ ।

हिजो अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ व्रत समापन गरेका हुन् ।

सूर्यको आराधना गरेर कार्तिक शुक्ल चतुर्थीका दिनदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व आज समापन गरिएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नास हुने विश्वास गरिन्छ।

विशेष गरी मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विभिन्न पहाडी क्षेत्रहरूमा पनि मनाउन थालिएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस