Techie IT
×
गृहपृष्ठसमाचारसवारी दुर्घटनामा बाबुको मृत्यु,छोरा घाइते

सवारी दुर्घटनामा बाबुको मृत्यु,छोरा घाइते


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा शुक्रबार राति दमौली अस्पतालमा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल घाइते छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना, #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस