गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न कतारमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक २५, २०८० गते ०:५१ मा प्रकाशित दोहा – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।कार्तिक १७ गते शुक्रबार मध्यराती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाएका १५४ जना मृतक,परिवारहरु प्रती श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम एनसीसी कतारले दूतावासको सभा हलमा सम्पन्न गरेको हो ।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व र नेपाली राजदुतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा भुकम्पमा परि घाइते भएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो भने बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका मृतकको सम्झनामा दिप प्रज्वलन गरि आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।साथै पिडित परिवारलाई राहत बितरणका लागि एनसीसी कतारले चलाएको यथा सक्य रकम संकलन अभियानमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारले पीडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम १७ सय १३ कतारी रियल सोही कार्यक्रममा प्रदेशका कार्यवाहक अध्यक्ष डिल्ली राम भट्टराईले एनसीसी कतारका अध्यक्ष रमेश भट्टलाई हस्तान्तरण गरेका थिए।उनले कतारमा स्थापित संघ संस्थाहरुले आ-आफ्नो क्षेत्रबाट राहत संकलन गरिएको समेत बताए उक्त रकम दूतावास मार्फत प्रधानमन्त्री राज्यकोषमा पठाईने छ।राहत बितरणका लागि एनसीसी कतारले पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।विभिन्न संघ संस्थाका प्रमुख,प्रतिनिधि लगायतको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण महासचिव रविन मगरले गरेका थिए ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप