गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अनुदानमा बिउ पाउदा किसान खुशी अनुदानमा बिउ पाउदा किसान खुशी दीप संञ्चार कात्तिक ७, २०७६ गते १८:१९ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गौतम, विजय, आदित्य र वाणगंगा चार जातको ५० क्विन्टल बिउ वितरण गरिएको लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले जानकारी दिएका छन् । नगरपालिकाको आर्थिक वर्ष २०७६-२०७७ स्वीकृत बार्षिक बालिविकास कार्यक्रमको एकटोल, एक बालि उत्पादन कार्यक्रम अन्तर्गत वितरण गरिएको हो । विहिवार आज लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले कृषकहरुलाई हस्तान्तरण गरेकी हुन् ।यस्तै लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीका अनुसार अनुदानमा वितरण सुरु गरेको गहुँको बिउहरु लिनका लागि सबै वडा कार्यालयहरुमा सुचना मार्फत कृषकहरुलाई खवर पठाइएको बताएका छन् ।किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न र कृषकहरुलाई खेतीमा आकर्षण गराउन लमही नगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेको लमही नगरपालिका उप प्रमुख देबका बेल्वासेले बताएकी छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्तएनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरुपेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यबारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ७कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी आर्थिक वर्ष ०७९/८० को बजेट पास बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई एनआरएनए अध्यक्ष आचार्यको आग्रह नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त एनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु पहिलो अभ्यास खेलमै नेपाल पराजित नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?