गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अनुदानमा बिउ पाउदा किसान खुशी अनुदानमा बिउ पाउदा किसान खुशी दीप संञ्चार कात्तिक ७, २०७६ गते १८:१९ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाको कृषि शाखाले कृषकहरुलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ ।कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गौतम, विजय, आदित्य र वाणगंगा चार जातको ५० क्विन्टल बिउ वितरण गरिएको लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले जानकारी दिएका छन् । नगरपालिकाको आर्थिक वर्ष २०७६-२०७७ स्वीकृत बार्षिक बालिविकास कार्यक्रमको एकटोल, एक बालि उत्पादन कार्यक्रम अन्तर्गत वितरण गरिएको हो । विहिवार आज लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले कृषकहरुलाई हस्तान्तरण गरेकी हुन् ।यस्तै लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीका अनुसार अनुदानमा वितरण सुरु गरेको गहुँको बिउहरु लिनका लागि सबै वडा कार्यालयहरुमा सुचना मार्फत कृषकहरुलाई खवर पठाइएको बताएका छन् ।किसानलाई व्यावसायिक उत्पादनमा प्रोत्साहन गर्न र कृषकहरुलाई खेतीमा आकर्षण गराउन लमही नगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि सारेको लमही नगरपालिका उप प्रमुख देबका बेल्वासेले बताएकी छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल