Techie IT
×
गृहपृष्ठसमाचारभूकम्प पीडितलाई सुदूरपश्चिम सरकारले १ करोड दिने

भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारले १ करोड दिने


सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

 

मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको बताए ।

 

यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस