Techie IT
×
गृहपृष्ठसमाचारप्रधानमन्त्री चढेको हेलिकप्टरबाट घाइतेको उद्धार

प्रधानमन्त्री चढेको हेलिकप्टरबाट घाइतेको उद्धार


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ ।

 

प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टरमार्फत जाजरकोट पुगेका थिए । सोही हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् । साथै ७ जना कुरुवासमेत हेलिकप्टरमा राखेर लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस