Techie IT
×
गृहपृष्ठसमाचारगुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

गुटेरेसको सुरक्षार्थ अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु


संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

 

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ पुगेका थिए। फर्किनेक्रममा रहेका उनी मं‌गलबार अन्नपूर्ण गाउँपालिका-११ स्थित एक होटलमा बास बसेका थिए।

 

बास बस्नेक्रममा ‍लेक लागेर स्वासप्रस्वासमा समस्या देखिएपछि बुधबार बिहान हेलिकप्टरबाट उनलाई पोखरा ल्याइएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । उपचारको क्रममा मणिपाल अस्पतालमा ढुंगानाको निधन भएको हो ।

 

पर्वत मोदी गाउँपालिका-६ का ४२ वर्षिया ढुंगाना इलाका प्रहरी कार्यालय घान्द्रुक कास्कीका प्रहरी प्रमुख हुन् ।

 


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस