Techie IT
×
गृहपृष्ठसमाचारगोठाटारमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

गोठाटारमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ


काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

 

भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले जानकारी दिए । उनको साथबाट लागूऔषध तथा पेस्तोल पनि बरामद गरिएको छ ।

 

करिमको दाहिने दिघ्रामा गोलि लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस