Techie IT
×
गृहपृष्ठसमाचारदेशका केही भूभागमा सामान्य वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशका केही भूभागमा सामान्य वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना


जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #मौसम

तपाईको प्रतिक्रिया दिनुहोस