Techie IT
×
गृहपृष्ठसमाचारपश्चिमी भूभागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी भूभागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना


जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।

 

विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सफा रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #मौसम

तपाईको प्रतिक्रिया दिनुहोस