Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमाफी मागे पछि प्रहरीले दुर्गेशलाई छोड्यो

माफी मागे पछि प्रहरीले दुर्गेशलाई छोड्यो


काठमाण्डौ, पछिल्लो समयमा हरेक युवा युवतीको मन जित्न सफल गायक दुर्गेश थापा रिहा भएका छन् ।

तिहारका लागि उच्छ्रङ्खल गीत गाएर विवादमा परेका गायक दुर्गेश थापाले सार्वजनिक रुपमा माफी मागेपछि प्रहरीले उनलाई छाडेको छ । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतका कारण उनीबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको थियो ।

अधिवक्ता यज्ञराज न्यौपानेले उनीबिरुद्ध उजुरी दिएका थिए । उनले सार्वजनिक रुपमा आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘मबाट गल्ती भयो, यसका लागि म माफी माग्छु, कानुनमा केके छ भनेर हामी कलाकारहरुले ख्याल र्पुयाउनुपर्ने रहेछ, मैले जस्तो अरु कलाकारले भोग्नु नपरोस’ उनले सञ्चारकर्मीमाझ थापाले भनेका छन् । उनले धर्ममा आँच आउने गरी गीत तयार गरेका कारण प्रहरी चौकीसम्म आउनुपरेको भन्दै माफी पनि मागेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस