Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५वडाध्यक्षको लगानीमा सचेतना बोर्ड

वडाध्यक्षको लगानीमा सचेतना बोर्ड


दाङ्ग, जनप्रतिनिधिको सेवा सुबिधा कटौती भएको समाचार आईरहेका बेला दाङ्गको एक वडाका वडा अध्यक्षले आफ्नै लगानीमा बिद्यालय क्षेत्र नजिक सचेतना बोर्ड गाडेका छन् ।

उनि तत्कालिन माओबादीबाट गढवा गाउपालिका वडा न ५ बाट टिकट पाएका थिए र स्थानिय चुनाबमा निर्बा्चित पनि भए । गढवा गाउपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश भन्डारीको सक्रियतामा वडाको आधारभुत बिद्यालय कक्रहवामा २ वटा,दीप गङ्गा बोर्डिङ स्कुल बाकी चोकमा २, माबी चैनपुरमा २ र प्राथमिक बिद्यालय खज्रौटा चोकमा १ वटा सचेतना बोर्ड गाडिएको छ । वडा अध्यक्ष प्रकाश भन्डारीको ब्यक्तिगत ३० हजार बराबरको लगानीमा गाडिएको हो । बिद्यालय क्षेत्रमा सवारी साधनले मनपर्दी सवारी हाक्ने गरेको बताउदै बालबालिकाको सुरक्षाका लागि ती बोर्ड गाडिएको बताएका छन । भण्डारी जनप्रतिनिधि हुनु पूर्व पनि घाउघरमा सामाजिक कार्यमा धेरै सक्रिय रहेको त्यहाका स्थानीयले बताउछन ।

प्रदेश सरकारले तोकेको तलब भत्ता समेत नलिएर गाउपालिका मै उदाहरणको पात्र बनेका छन् । त्यस्तै उनले वडाकै एक बिपन्न परिवारकी दलित छात्राको समेत अभिभाबकत्व ग्रहण गरेर पठन पाठनको पनि जिम्मा लिएका छन् । गढवा गाउपालिकाको कार्यालयले वडा अध्यक्षहरुलाई एक एक वटा मोटर साईकल समेत वितरण गरेको थियो तर उनले लिन अस्विकार गरेका छन् । कार्यालयले तलब भत्ता मेरो खातामा हाल्दिएको हुन्छ त्यो रकम पनि सामाजिक काममै खर्च गरेको छु वडा अध्यक्ष भण्डारीले भने ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस