गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडाध्यक्षको लगानीमा सचेतना बोर्ड वडाध्यक्षको लगानीमा सचेतना बोर्ड प्रिया स्मृती गजमेर कात्तिक ५, २०७६ गते १४:०७ मा प्रकाशित दाङ्ग, जनप्रतिनिधिको सेवा सुबिधा कटौती भएको समाचार आईरहेका बेला दाङ्गको एक वडाका वडा अध्यक्षले आफ्नै लगानीमा बिद्यालय क्षेत्र नजिक सचेतना बोर्ड गाडेका छन् ।उनि तत्कालिन माओबादीबाट गढवा गाउपालिका वडा न ५ बाट टिकट पाएका थिए र स्थानिय चुनाबमा निर्बा्चित पनि भए । गढवा गाउपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश भन्डारीको सक्रियतामा वडाको आधारभुत बिद्यालय कक्रहवामा २ वटा,दीप गङ्गा बोर्डिङ स्कुल बाकी चोकमा २, माबी चैनपुरमा २ र प्राथमिक बिद्यालय खज्रौटा चोकमा १ वटा सचेतना बोर्ड गाडिएको छ । वडा अध्यक्ष प्रकाश भन्डारीको ब्यक्तिगत ३० हजार बराबरको लगानीमा गाडिएको हो । बिद्यालय क्षेत्रमा सवारी साधनले मनपर्दी सवारी हाक्ने गरेको बताउदै बालबालिकाको सुरक्षाका लागि ती बोर्ड गाडिएको बताएका छन । भण्डारी जनप्रतिनिधि हुनु पूर्व पनि घाउघरमा सामाजिक कार्यमा धेरै सक्रिय रहेको त्यहाका स्थानीयले बताउछन ।प्रदेश सरकारले तोकेको तलब भत्ता समेत नलिएर गाउपालिका मै उदाहरणको पात्र बनेका छन् । त्यस्तै उनले वडाकै एक बिपन्न परिवारकी दलित छात्राको समेत अभिभाबकत्व ग्रहण गरेर पठन पाठनको पनि जिम्मा लिएका छन् । गढवा गाउपालिकाको कार्यालयले वडा अध्यक्षहरुलाई एक एक वटा मोटर साईकल समेत वितरण गरेको थियो तर उनले लिन अस्विकार गरेका छन् । कार्यालयले तलब भत्ता मेरो खातामा हाल्दिएको हुन्छ त्यो रकम पनि सामाजिक काममै खर्च गरेको छु वडा अध्यक्ष भण्डारीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल