Techie IT
×
गृहपृष्ठसमाचारमध्यपूर्वका नेपालीहरुका लागि प्रभावकारी योजना बनाउँछु – हमाल

मध्यपूर्वका नेपालीहरुका लागि प्रभावकारी योजना बनाउँछु – हमाल


काठमाडौं – गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व उप–संयोजक कृष्ण बहादुर हमालले संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन मार्फत २०२३–२५ कार्यकालका लागि संघको मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दुई दशक भन्दा लामो ईतिहास बोकेको संघको अभियानमा संघको स्थापना काल देखिनै सकृय रहेका हमालले मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुका लागि समय अनुकुल प्रभावकारी योजना बनाउने प्रतिवद्धता सहित आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संघको संस्थापक सदस्य हुँदै पूर्व आईसीसी सदस्य लगायत एनसीसी कतारको विभिन्न भुमिकामा निवार्ह गरेका वर्तमान मध्यपूर्व उप–संयोजक हमालले फेसबुक मार्फत एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

हमालद्धारा जारि विज्ञप्ती जस्ताको त्यस्तै :

गैरआवासीय नेपाली संघ का श्रद्धय सस्थापकज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, संरक्षकज्यूहरू, अध्यक्ष एवं पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, मानार्थ परिषद सदस्यज्यूहरू, आईसीसी सदस्यज्यूहरू, अग्रज तथा अभियन्ताज्यूहरू, महाधिबेशन प्रतिनिधिज्यूहरू, प्रदेश प्रमुख र पदाधिकारीज्यूहरू, जिल्ला प्रमुख र पदाधिकारीज्यूहरू, सम्पूर्ण जातिय, वर्गीय समस्त नेपालीहरुको हक हितका निमित्त स्थापित सबै सस्थाहरुको प्रमुख , सम्पूर्ण पदाधिकारीज्यूहरू साथै सस्थामा आबद्ध सम्पूर्ण सदस्यज्यूहरू, विभागका सम्पूर्ण आबद्ध सदस्य मित्रज्यूहरू लगायत सम्पुर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदिबहिनी र पत्रकार एवं शुभेच्छुक आदरणीय साथिहरुमा हार्दिक अपिल एवं सादर नमस्कार ।

विशेष कतार , साउदी अरब, बहराइन, दुबई, ओमन, इराक, कुवेतका सम्पूर्ण बुद्धिजीवी आदरणीयजनहरुमा आसन्न महाधिवेशनमा मेरो निरन्तरता कसैलाई पनि एक्सिडिङ्ग/ओभरटेक नगरिकन मेरो आधिकारिक पद क्षेत्रीय उपसंयोजक पछी आउने मर्यादित पालो क्षेत्रीय संयोजक पदमा उम्मेद्बारी दिने आधिकारीक जानकारी हजुरहरु समक्ष हार्दिक निवेदन गर्दै बाँकी प्रतीकहरुलाई क्रमशः आगामी दिनहरुमा राख्ने प्रतिवद्धता कायम राख्दै मलाई साथ , सहयोग र यो जिम्मेवारिमा रहि अगाडि बढन आशिर्वाद र सदभाव रहनेछ भन्नेमा पूर्ण आशावादी छु ।

म लामो समय हजुरहरुको वीचमा श्रमिक मुखी रहि कार्यरत भएको सबैलाई जानकारी गराउँदै यो अभियानमा स्थापना काल २००३ देखि नै सस्थापक सदस्यमा रहि आवद्ध रहेको धेरै आदरणीयज्यूहरूलाई अवगत नै छ ।

कृष्ण बहादुर हमाल “के.बि”

उम्मेदवार : मध्यपूर्व संयोजक


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस