Techie IT
×
गृहपृष्ठसमाचारसत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


दाङ — दाङको तुल्सीपुर स्थित श्री सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा आज शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २३ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

केन्द्रका अध्यक्ष गीता लामिछानेले केन्द्रले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

केन्द्रले स्थापना काल देखि नै विभिन्न सामाजिक सेवाका कार्यहरू गर्ने कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम गरेको छ भने सोको प्राविधिक रूपमा सहयोग नेपाल रेडक्रस सोसाइटी तुल्सीपुर शाखाले गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सत्य साई केन्द्र तुल्सीपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया दिनुहोस