गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ समृद्विको यात्रा नरोकिने – मुख्यमन्त्री पोखरेल समृद्विको यात्रा नरोकिने – मुख्यमन्त्री पोखरेल प्रिया स्मृती गजमेर कात्तिक ४, २०७६ गते १७:५९ मा प्रकाशित दाङ्ग, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् ।दाङको दंगीशरण गाउँपालिका वडा नम्वर ३ र ६ जोड्ने चिराघाट खोला पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले ‘प्रदेश ५ ले कुल ग्राहस्थ उत्पादनको ७ दशमलव ७ प्रतिशत वृद्विदर हासिल गर्न सक्नु समृद्विको यात्रातर्फ उन्मुख भएको बताए ।’संविधान सभा निर्माणपूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्विको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पाखरेलले बताए । सात वटै प्रदेशमध्ये प्रदेश ५ ले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्रीले बताए ।जनतामा निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारणनभएको भन्दै पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रकारुपमा हेर्ने गरे तापनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको मुख्यमन्त्री पोखरेलले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल