गृहपृष्ठ ∕ समाचार ∕ हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र दीप संञ्चार असोज १९, २०८० गते १७:३९ मा प्रकाशित हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट फर्किन नेपाल फर्किन विमानस्थल फर्किन पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेकाक यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए ।उनका अनुसार विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले भएको जानकारीपछि यात्रुहरु एयरलाइन्सको सेवाप्रति आक्रोशित बनेका छन् । उडान नम्बर एच नाइन ५६८ को जहाजको उडान तालिका पाँचपटक परिवर्तन भइसकेको उनले बताए ।यात्रुलाई समस्या समाधान गर्नुपर्ने दुबईमा रहेका हिमालय एयरलाइन्सका कन्ट्री म्यानेजर विमानस्थल भित्रै लुकेर बसेको यात्रुहरुको गुनासो छ । काउन्टरमा एयरलाइन्सका कोही पनि प्रतिनिधि छैनन् ।यात्रुलाई जहाजमा प्राविधिक समस्या आएको जानकारी गराए पनि उनीहरुको व्यवस्थापनाप्रति एयरलाइन्स गम्भीर नबनेकोले यात्रु न्यौपाने बताए । अब कहिले उडान हुन्छ भन्नेबारे अझै अन्यौल रहेको उनले बताए । उनका अनुसार विमानस्थलमै घण्टौँदेखि भोकभोकै यात्रु अलपत्र अवस्थामा उडानको पर्खाइमा छन् ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार जहाजले उडान भर्न नसकेमा सम्बन्धित् एयसलाइन्सले कम्पनीकै खर्चमा यात्रुलाई तारे होटलमा राख्नुपर्ने व्यवस्था छ । तर, हिमालय एयरलाइन्सले भने विमानस्थलमै यात्रुलाई भोकभोकै अलपत्र पारेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए ।हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जहाजमा देखिएको प्राविधिक समस्या परीक्षण गरिरहेको र यात्रुको अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार यात्रुलाई जति सक्दो चाँडो नेपाल ल्याउने बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप