Techie IT
×
गृहपृष्ठसमाचारप्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी

प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी


काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मीले संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।

‘धेरै अग्रज र साथीभाइहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘संस्थाको शुद्धीकरण, भावनात्मक एकता: एनआरएनएभित्र आर्थिक पारदर्शीता’ भन्ने मेरो प्रमुख मुद्दामा सबैको साथ पाएको छु,’ मध्यपूर्व र यूरोप भ्रमणपछि उनले भने । युरोप र मध्यपूर्व क्षेत्रमा बस्ने अभियन्तामाझ आफ्नो पक्षमा समर्थन जुटाएर फर्किएका उनले त्यहाँ उपाध्यक्षका रूपमा आफ्ना एजेन्डा अगाडि सार्दै सल्लाह सुझावसमेत लिएका थिए ।

समृद्ध नेपालका लागि पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार, प्रविधिमैत्री एनआरएनएलगायत अन्य एजेन्डाहरु अगाडि ल्याएका कतारका युवा व्यवसायी रेग्मीले ‘महिला र नयाँ पुस्ताको सशक्तिकरण एनआरएनएमा रूपान्तरण’, ‘समृद्ध नेपालका आधार, नागरिकता र मताधिकार’, प्राविधिक शिक्षा, युवा स्वरोजगार, नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना लगायत विषयलाई पनि प्राथमिकता दिएका छन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मी डेलिगेट्समाझ लोकप्रिय बन्दैछन् । अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको संघको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस