Techie IT
×
गृहपृष्ठसमाचारबझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प


बझाङमा फेरि भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु आसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । बझाङका जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको बताइएको छ ।

क्षतिको थप विवरण भने आउन बाँकी छ ।

 


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस