Techie IT
×
गृहपृष्ठसमाचारबझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति

बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प, केही घरमा क्षति


सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।

बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे ।

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयकाे भवन भत्केकाे खबर छ । मानविय क्षतिकाे भएकाे जानकारीमा आएकाे छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस