गृहपृष्ठ ∕ समाचार ∕ नेपालगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन जारी नेपालगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन जारी दीप संञ्चार असोज १६, २०८० गते १४:३७ मा प्रकाशित नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भएपनि स्थिति नियन्त्रण बाहिर गएको छ ।हिन्दु र मुस्लिम समुदायबिच अचानक तनाब बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन भईरहेको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १ः ०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१० ३० बमोजिम कर्फ्यू आदेश जारी गरेर स्थीति नियन्त्रणमा लिने प्रयास गरेको हो ।अचानक दिउँसो देखी स्थीति असहज हुदैँ गए पछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सिमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरेको हो ।स्थानीय प्रशासनका अनुसार गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो भने आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद दुबै पक्षबिचमा असहज स्थीति उत्पन्न हुन गएको थियो ।नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएपछि कर्फ्यू लगाउनु परेको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप