गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार एक्स्पो २०२३ आजबाट शुरू कतार एक्स्पो २०२३ आजबाट शुरू शारदा भुजेल असोज १५, २०८० गते २३:२२ मा प्रकाशित दोहा – कतार एक्स्पो २०२३ आजबाट शुरू भएको छ।कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतार एक्स्पो २०२३ को उद्दघाटन गरेका छन।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा शुरू भएको प्रदर्शनी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।आजबाट शुरू भएको एक्स्पो २०२३ सन् २०२४ को मार्च २८ सम्म चल्नेछ।भोलिदेखि सर्वसाधारणको लागि खुला गरिने एक्स्पोमा संयूक्त अरब इमिरेट्सका राष्ट्रपति एचएच शेख मोहम्मद बिन जायद अल नाह्यान, उज्वेकिस्तान गणतन्त्रका राष्ट्रपति महामहिम शावकत मिर्जियोयेभ,जिबूती गणतन्त्रका राष्ट्रपति महामहिम इस्माइल ओमार गुलेह, तान्जानियाका राष्ट्रपति महामहिम सामिया सुलुहु हसन पनि उपस्थित थिए।कार्यक्रमको सुरुमा राष्ट्रिय गान बजाइएको थियो र त्यसपछि ‘ग्रीन कतार’ नामक लघु चलचित्र देखाइएको थियो ।प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सम्बोधन गर्दै कतारले एक्स्पो २०२३ दोहा बागवानी प्रदर्शनीको आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिगो विकासका लागि आफ्नो प्रतिबद्धताप्रति प्रतिबद्ध रहेको बताए ।नेपालसहित जम्मा ८८ राष्ट्रको सहभागिता रहने कार्यक्रम अवधिभर विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप