Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेजमा तोडफोड

बिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेजमा तोडफोड


चितवन कार्तिक ३
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । नाकमा समस्या भएर उपचारका लागि ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार ज्यान गएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् । मृतकका आफन्तले कलेजले लापरवाही गरेर बिरामीको ज्यान गएको आरोप लगाएका छन् । झण्डै दुई सयको संख्यामा आएका मृतकका आफन्तको टोली कलेजमा तोडफोड गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

‘भित्र वार्ता पनि भइरहेको थियो, केही मान्छेहरुले बाहिर तोडफोड गरे, केही भित्रै आएर आक्रमण गरे’ देवकोटाले भने, ‘प्रहरीलाई समेत आक्रमण गरे, कलेजमा त्रासको वातावरण बन्यो ।’ चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले तोडफोडमा संग्लनहरुलाई पक्राउ गरिएको जानकारी दिए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ ।

तोडफोड गर्ने १२ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस