गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते दीप संञ्चार असोज १२, २०८० गते १२:३८ मा प्रकाशित सिन्धुलीको बोहोरेटारमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।सिन्धुलीबाट काठमाडौँतर्फ गुडिरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा दुर्घटना भएको हो ।भ्यानमा सवार अधिकाश शिक्षक रहेको बताइएको छ । घाइते हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका– १ का मुकुन्द थापा, सोही स्थानका भुवन थापा, वडा नम्बर ४ की बबिता देवकोटा, कमलामाई– ५ की कमला घिमिरे, वडा नम्बर ६ का निरकुमार चालिसे, विष्णु ढकाल, उनका ११ वर्षीय छोरा निश्चल ढकाल तथा सरोज थापा छन् ।यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका– १० का राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० की गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई धुलिखेल अस्पताल पठाइएको छ । भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ