गृहपृष्ठ ∕ समाचार ∕ माघ एक गते देखि नमूना रास्ट्रिय जनगणना हुने माघ एक गते देखि नमूना रास्ट्रिय जनगणना हुने दीप संञ्चार कात्तिक ३, २०७६ गते २०:१७ मा प्रकाशित काठमाडौं, कात्तिक ३ विसं २०७८ का लागि आगामी माघ १ गतेदेखि तीन महीनासम्म केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि नमूना जनगणनाको तयारी थालेको छ । राष्ट्रिय योजना आयोगमातहतको उक्त विभागले सातै प्रदेशका हिमाल, पहाड र तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी करीब ११ हजार ६१० घरपरिवारमा नमूना जनगणना सञ्चालन गर्न कार्यालयले जनाएको छ । प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना गणना सञ्चालन गरिने भएको हो ।विभागले आज पत्रकार सम्मेलन गरी नमूना गणनाका लागि १५ सुपरीवेक्षक, ६० गणक, अन्य ४७ गरी १२२ जनशक्ति परिचालन गर्ने जानकारी दिएको छ । सुपरीवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । यस कार्यका लागि रु एक करोड १७ लाख बजेट विनियोजन गरिएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले ६ महीनाभन्दा बढी अस्थायीरुपमा बसेका नागरिकको सोहीस्थलमा गणना गरिने बताउदै विदेशमा बसिरहेका नेपालीको गणनाका कार्य चुनौतीपूर्ण रहेको बताए । उनले जनगणनाको प्रारम्भिक नतिजा तीन महीना र पूर्ण प्रतिवेदन नौ महीनाभित्र सार्वजनिक गरिने छ ।विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा र लोगो पनि आज सार्वजनिक गरेको छ । जनगणनाका लागि आयोगका सदस्य डा रामकुमार फुँयालको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जनगणनाका कार्यका लागि आव २०७६÷७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रहकतारका गोर्खालीद्वारा मानव सेवा आश्रमलाई पाँच लाख बढी सहयोग,गुरुङको अध्यक्षतामा…शिशु जन्मेदेखि ३ वर्षसम्म के खुवाउने ?राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ – प्रधानमन्त्री राजेन्द्र लिङ्देन : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न निष्कर्षविहीन बन्यो सत्तारुढ गठबन्धनको बैठक बालबालिकालाई कति समय मोबाइल / टिभी हेर्न दिने ? एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु – भीम रावल कांग्रेस सभापित देउवाकी पत्नी आरजु राणा देउवा दिल्लीमा