Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए अध्यक्षका उम्मेद्बार राजेन्द्र कुमार शर्माद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिक

एनआरएनए अध्यक्षका उम्मेद्बार राजेन्द्र कुमार शर्माद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिक


दोहा-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल सन् २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले २४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन।

विश्वभरका गैरआवासीय अभियन्ताकाबीच कतारमा रहेको रयाडिसन ब्लु होटलमा एक बृहत कार्यक्रमको आयोजना गरि शर्माले २४ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन।

घोषणापत्र सार्वजनिक गर्दै शर्माले आफना प्रत्त्यासी  चार जना उमेदवारमा आफू सर्बसम्मत हुनेमा बिस्वस्त रहेको बताए।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।

यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे ।घोषणापत्र  सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’

अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ’ उनले थप जोड दिँदै भने, ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।’ आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे ।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको उनले जिकिर गरे । २४ बाचापत्रमा के छ ? शर्माले घोषणापत्रमा  एनआरएनहरूबीच एकताः आफ्नो पहिलो बाचा रहेको बताएका छन् । .

यसैगरी वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति: सुधारौं श्रमिकको आर्थिक स्थिति, विपे्रषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन :‘‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफेनो बाचा पत्रमा उल्लेख गरेका छन् । सांगठनिक पुनर्संरचना : पहिला कार्यदलबाट गहन योजना, मानव संशाधन :सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन :शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाऊन् मतदान, आर्थिक कुटनीति : लगानी प्रबद्र्धन मुख्य नीति, गरौं उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।

यसैगरी गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता : गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि :जगेर्ना गरौं भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल : एक एनसीसी, हजार पर्यटक , घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान :युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम :अबको उद्यम, समावेशी अभियान : महिला सदस्यलाई प्रोत्साहन, चुस्त व्यवस्थापन मुख्य सरोकार : बनाऔं प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन नारासहितको आफ्नो कार्यक्रम अघि सारेका छन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरे । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस