Techie IT
×
गृहपृष्ठग्लोबलगल्फकतारबाट प्रविण गुरुङद्वारा एनआरएनएको उप महासचिव पदमा उम्मेदवारी घोषणा

कतारबाट प्रविण गुरुङद्वारा एनआरएनएको उप महासचिव पदमा उम्मेदवारी घोषणा


दोहा-गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागी प्रवीण गुरुङले कर्मभुमि कतारबाट उप महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन।

एनसीसी कतारका नवनिर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधीहरुसँग स्नेह मिलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै २०२३–२५ कार्यकालका लागि औपचारिक रूपमा गुरुङले कर्मभुमि कतारबाट उप महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन।

कतारको एसियाना रेस्टुरेन्टमा आयोजित कार्यक्रममा आफ्नो प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव गुरूङले आफुले सबै एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई स्विकार्दै सचिवपछि क्रमिक रुपमा उपमहासचिवमा उम्मेदवारी दिएकोले यसलाई साथ र समर्थन गर्न आग्रह गरेका छन ।

गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गरेका थिए। हाल उनले कतारलाई कर्मथलो बनाई विभिन्न व्यवसाय  गरिरहेका छन ।

गुरुङको प्रतिबद्धता पत्र जस्ताको तेस्तै

मेरा प्रतिवद्धताहरु ।

(१) सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः

वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमानै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ ।  सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो ।
(२) सामुहिक लगानीः
आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो । सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकासमा लगानी गर्न पहल गर्नेछु ।
(३) सीप र पूँजीको सदुपयोगः

विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो ।

(४) स्मार्ट एनआरएनए बनाउनः
विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा आगाडि बढाउने प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो ।
(५) रेमिट्यान्सको सही सदुपयोग र लगानीः
मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।
(६) नागरिकताको निरन्तरताका लागिः
हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय संवोधन भएको छ । अव यसको कार्यान्वयन सहति वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पु¥याउन मेरो प्रतिवद्धता रहनेछ ।
(७) स्वदेशमा पर्यटन प्रवद्र्धनः
पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । साथै विदेशी लगानी नेपाल भित्राउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ ।
(८) नेपाली कलासँस्कृतिको जगेर्ना गर्नः
नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने मेरो प्रतिवद्धता छ । विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ

(९) एनआरएनएमा युवा आकर्षित गर्नः
हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौ तर दोश्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन । दोश्रो पुस्ता वा युवा केन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउँछु ।
(१०) एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः
गैरआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यता लाई समेत आधार मानी १८२ दिन भन्दा वढी सार्क मूलुक भन्दा वाहिर वसोवास गरेका नेपाली वा नेपाली मूलका व्यक्तिहरु गैरआवासीय नेपाली हुन भन्न्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विषेश जोड रहने छ ।
(११) खेलकूद क्षेत्रमा विकाशः
हरेक नागरीकको स्वास्थ्य र व्यक्तित्व विकास सहित विश्वभरनै राष्ट्र पहिचानको लागी खेलकुद सवैमा अपरिहार्य छ । सोही आसयलाई सार्थकतामा लिनको लागी प्रदेश स्तरीय सुविधा सम्पन्न वहुउद्देश्य स्पोर्टस क्लवको अवधारणा लाई लिई नेपाल सरकार संग समन्वय गरी कार्य सम्पादन तर्फ लागीने छ ।
माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सक्रिय भूमिका रहनेछ । एनआरएनए अभियानमा काम गर्ने मेरो अभिप्रायलाई एनआरएनए आईसीसी सचिवको भूमिकामार्फत पूरा गर्ने अवसरका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछु । अन्तमा तपाइको सद्भाव, सहयोग र सुझाव नै मेरो लागि अमूल्य नीधि हुन । त्यसकै बलमा एनआरएन अभियानलाई अझ उचाईमा पु¥याउन सधै प्रतिवद्ध रहनेछु ।

प्रविन गुरुङ
उम्मेदवार
उपमहासचिव (२०२३—२०२५)
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्


क्याटेगोरी : समाचार, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस