Techie IT
×
गृहपृष्ठसमाचारआन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै


आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ ।

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्न खोजेको हो ।

हिजो बिहान र साँझ भएको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो । सो वार्ता आज बिहान ८ बजे हुने जनाईएको छ। सरकार र शिक्षक संगठनका बिचमा पटक पटक वार्ता भए पनि निष्कर्षविहीन हुँदै आएको छ ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बिचमा वार्ता भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हिजोको वार्ता सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा सरकार आशावादी रहेको बताएका छन ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस