गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली राजदूतावास कतारले पनि मनायो संविधान दिवस नेपाली राजदूतावास कतारले पनि मनायो संविधान दिवस शारदा भुजेल असोज ४, २०८० गते २:४४ मा प्रकाशित दोहा – संविधान निर्माण भई कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको अवसर पारी नेपाली राजदूतावास कतारले एक कार्यक्रम वीच संविधान दिवस मनाएको छ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान-२०७२’ जारी भएको घोषणा गरेका थिए ।कतारमा रहेका संघसंस्था प्रतिनिधि एवं कतारवासी नेपालीहरूको सहभागीतामा हरेक वर्ष झै यस पटक पनि दूतावासकै सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरी उक्त दिवस मनाएको हो।कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेशविक्रम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट र नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले शुभकामना मन्तव्य राखेका थिए ।महामहिम डा. ढकालले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए। नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको कार्यक्रममा संविधानलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट तयार गरिएको विशेष भिडियो पनि देखाइएको थियो ।महामहिम डा. ढकालले कतारमा रहेका सबै नेपालीहरूमा संविधान दिवसको विशेष शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।यस वीच राजदूतावासमा कार्यरत यस बर्षको उत्कृष्ट कर्मचारीको रूपमा इलताज मिरघानीलाई नगद सहित सम्मान गरिएको थियो ।दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले स्वागत गरेको कार्यक्रम दूतावासका सहचारी सन्ध्या भट्टराईले सहजीकरण गरेकी थिइन।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप