Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने

नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर ५ ले तथ्याङक संकलन गर्ने


दाङ्ग, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचले प्रदेश अनर्तगत रहेका आखा अस्पताल , उपचारकेन्द्र तथा बिधालयहरुको तथ्याङक संकलन गर्ने भएको छ ।

प्रदेश अन्तर्गत रहेका अस्पताल र उपचार केन्द्रहरुको यथार्त बिबरण संकलन गरि प्रदेश नम्बर पाचमा आखा स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी बनाउन तथ्याङ सकलन गरिने भएके हो । त्यसैगरि नेत्रज्योति संघ अन्तर्गत रहेका बिधालयहरुको पनि तथ्याङक लिईने भएको प्रदेश नम्बर पाचका कोषाध्यक्ष लिला शाहले जानकारी दिएकी छन् । नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पाचका सभापती सागर प्रताप राणाको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरि पाच नम्बर प्रदेशमा उपचारबाट निको हुने अन्धोपनलाई थप न्युनिकरण गर्नका लागी प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालयलाई सहकार्यका लागी पुनः अनुरोध गर्ने भएको छ । त्यसैगरि बैठकले यही कार्तिक २२ र २३ गते नेपाल नेत्रज्योति संघको काठमाण्डौमा हुने अबिधेशनमा भाग लिनका लागी प्रदेशको तर्फबाट दुई जना प्रतिनिधि छनोट गरेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस